नेताहरूले देशलाई किराना पसल जस्तो बनाए : रवीन्द्र मिश्र

हिमाल प्रेस १६ कार्तिक २०८० १८:०४
4
SHARES
नेताहरूले देशलाई किराना पसल जस्तो बनाए : रवीन्द्र मिश्र

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले देश किराना पसल जस्ता भएको बताएका छन्। पार्टी प्रशिक्षणका लागि उदयपुर पुगेका उपाध्यक्ष मिश्रले पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वर्तमान सरकारको काम बिहान उठ्ने, पसल खोल्ने दिनभर व्यापार गर्ने बेलुका बन्द गरी घरमा गएर सुत्नेबाहेक केहि काम हुन नसकेको बताएका हुन्।

उनले जनताका जनजीविकाका सवाल जस्ताको त्यस्तै रहेको, संस्थागत भ्रष्टचार मौलाएको तर सरकार मौन रहेको जिकिर गरे। उपाध्यक्ष मिश्रले बालुवाटार जग्गा, सुनकाण्ड लगायतका लगायतका थुप्रै प्रकरणहरुमा सरकारले नाङ्लो ठोकेर हात्ति तर्साउने प्रयास मात्र भएको दाबी गरे।

देश सामाजिक रूपमा, आर्थिक रूपमा र राजनीतिक रूपमा भड्खालोतिर गइराखेकोले देशलाई माया गर्ने सम्पुर्ण नेपालीले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ।

देशभित्रका ५० प्रतिशत सटर बन्द रहेको, खराब कर्जाको अवस्था झन भयावह रहेको भन्दै जुन आर्थिक रुपमा राम्रो कुरा नभएको उनको दाबी छ।

प्रकाशित: १६ कार्तिक २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 4 =