रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

हिमाल प्रेस २० मंसिर २०७९ १४:२३
14
SHARES
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

काठमाडौँ- काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभाको उम्मेदवार  बनेका राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले खर्च विवरण बुझाएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने क्रममा मिश्रले २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोगमा पेस गरेका हुन्। यो वर्ष निर्वाचन आयोगले खर्चको सीमा २५ लाख तोकेको थियो।

मिश्रले निर्वाचन खर्चका लागि सार्वजनिक अपिल गरेका थिए। त्यसबाट आफूलाई ३३ लाख रकम जुटेको उनको भनाइ छ।

निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ मिश्रले स्थापना गरेको ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जम्मा गर्ने बताएका छन्।

मिश्रले २०७४ सालको निर्वाचन लड्दा २१ लाख ५० हजार रुपैयाँ खर्च गरेको बताएका छन्।

प्रकाशित: २० मंसिर २०७९ १४:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =