महाधिवेशनमा नबोलाए पनि रवीन्द्र मिश्रले दिए विवेकशील साझालाई शुभकामना

हिमाल प्रेस २७ माघ २०७९ ८:४५
34
SHARES
महाधिवेशनमा नबोलाए पनि रवीन्द्र मिश्रले दिए विवेकशील साझालाई शुभकामना

काठमाडौँ- राप्रपाका सहअध्यक्ष रवीन्द्र मिश्रले विवेकशील साझाको प्रथम अधिवेशन सफलताको शुभकामना दिएका छन्।

आजबाट काठमाडौँमा सुरु हुने विवेकशीलको प्रथम महाधिवेशन सफल बनाउन सामाजिक सञ्जालमार्फत मिश्रले शुभकामना दिएका हुन्। विवेकशीलका पूर्वसंयोजक समेत रहेका मिश्रले आफ्नो पार्टी परिवर्तनको निर्णयले पार्टीलाई जटिलता ल्याएको औल्याएका छन्। तर जटिलतासँग जुध्दै सम्हालेर लैजानेप्रति नमन समेत भनेका छन्।

मिश्रले केही महिनाअघि मात्रै विवकेशील साझा छाडेर राप्रपा प्रवेश गरेका थिए। गएको स्थानीय निर्वाचनसम्म उनी नै पार्टीका संयोजक थिए।

पार्टीले चुनावमा लज्जास्पद हार व्यहोरेको भन्दै मिश्रले संयोजकबाट राजीनामा दिएका थिए। पार्टीमा राजतन्त्र र हिन्दुराष्ट्रको एजेन्डा उठाएपछि विवाद बढेको थियो। अन्ततः प्रतिनिधिसभा निर्वाचन अघि उनी राप्रपा प्रवेश गरेका थिए।

यता विवकेशील साझाले भने उनलाई आजको कार्यक्रममा निम्तो दिएको छैन। बाबुराम भट्टराई, घनश्याम भुसाल, सीके राउतलाई बोलाए पनि मिश्रलाई नबोलाउँदा सामाजिक सञ्जालमा चर्चा भएको थियो।

प्रकाशित: २७ माघ २०७९ ८:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =