रवीन्द्र मिश्रले शेखर कोइरालालाई भने : ठिक्क पर्‍यो खुच्चिङ

हिमाल प्रेस १४ वैशाख २०८० १९:५६
184
SHARES
रवीन्द्र मिश्रले शेखर कोइरालालाई भने : ठिक्क पर्‍यो खुच्चिङ

काठमाडौँ- राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालालाई खुच्चिङ भन्दै खिसिट्युरी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने निर्णय गरेपछि कोइरालाले पैसा बाँड्नु गलत हो भनेर विरोध गरेपछि मिश्रले पनि उनको खिल्ली उडाएका हुन्।

‘ठिक्क पर्यो — खुच्चिङ? कहिलेकाहिँ त तपाईँहरूलाई ‘ठिक्क पर्यो — खुच्चिङ’ भन्न मन लाग्छ। तपाईँहरू सब अग्रगमनको नाममा प्रचण्डपथमा हिँडिदिँदा, यो समाज र देशले दीर्घकालीन क्षति व्यहोर्न वाध्य हुनुपर्‍यो,’ मिश्रले भने, ‘अझै समय बाँकी छ। राम्रो भाष्य मिलाएर ‘प्रचण्डपथ’ त्याग्दै ‘बीपीपथ’मा हिँड्नु भएन भने, तपाईँहरूको बर्बादी अझ तीव्र हुनेछ।’

मिश्रले शेखर कोइरालाहरूको भन्दा पनि प्रचण्डकै कारण देश र समाजमा ठूलो हानी भएको प्रति चिन्ता धेरै भएको पनि बताएका छन्। कांग्रेसलाई प्रचण्डपथबाट बीपी पथमा फर्काउन सके देशको लागि ऐतिहासिक देन हुने पनि मिश्रको भनाइ छ।

कोइरालाले बिहीबार बिहानमात्रै माओवादीका पूर्वलडाकुलाई पैसा बाँड्ने काम स्वीकार्य नहुने बताएका थिए। आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस कामको विरोध गर्न सबैलाई आह्वान नै गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा सरकारले अयोग्य लडाकुलाई पैसा बाँड्ने तयारी गरेपछि यसको आलोचना भइरहेको छ। कांग्रेस नेता कोइरालाले सरकारले लडाकुलाई रोजगारीको अवस्था सिर्जना गर्न छोडेर पैसा बाँड्न लागेको भन्दै विरोध गरे।

‘विगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाब किताब बुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलव र पूर्व शिक्षकहरुको पेन्सन दिनसमेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ उनले भनेका छन्।

उनले माओवादी नेतृत्वको सरकारको यस्तो कार्यको विरोध गर्नुपर्ने पनि बताएका छन्। सरकारको यस्तो कार्य रोकेर भविष्यका लागि सचेत बन्नुपर्ने उनले भनेका छन्।

प्रकाशित: १४ वैशाख २०८० १९:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =