कांग्रेस सक्षम छ भन्ने देखाउन उपनिर्वाचन जित्नै पर्छ : शेखर कोइराला

हिमाल प्रेस ३ वैशाख २०८१ १७:४५
290
SHARES
कांग्रेस सक्षम छ भन्ने देखाउन उपनिर्वाचन जित्नै पर्छ : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर छैन र एक्लै निर्वाचन लड्न सक्षम छ भन्ने सन्देश दिन पनि इलाम-२ को उपनिर्वाचन जसरी पनि जित्नै पर्ने बताएका छन्।

‘कांग्रेस कमजोर भयो भन्ने छ कुरा बाहिर आइरहेको, यसले देशभित्र र बाहिरका लोकतन्त्र पक्षधरहरू चिन्तित छन्। सबैको मनोबल बढाउनु पर्ने छ। हाम्रा लागि यो उपनिर्वाचन प्रतिष्ठाको विषय भएको छ’- कोइराला भने।

उनले कांग्रेसको भविष्यको निर्धारण यही उपनिर्वाचनले गर्ने भन्दै पार्टी भित्रका तिक्तता र आन्तरिक मनमुटाव बिर्सेर एक भई निर्वाचनमा जुट्न इलाम पार्टीका सबै तहलाई निर्देशन पनि दिए। उपनिर्वाचनको प्रचारका लागि इलाम पुगेका कोइरालाले जतिजना आकांक्षी भएपनि टिकट एकजनालाई दिनुपर्ने भएकाले बाँकी आकांक्षी नेताहरूले मन दुखाउन नहुने बताए।

वैशाख १५ मा उपनिर्वाचन हुँदैछ। यहाँ कांग्रेसले पार्टी जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाएको छ।

प्रकाशित: ३ वैशाख २०८१ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =