नेपाल-भारत सीमाना ८ दिन बन्द

हिमाल प्रेस २३ वैशाख २०८१ ११:४९
2
SHARE
नेपाल-भारत सीमाना ८ दिन बन्द

सिरहा- भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ।

विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदै छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहनेछ।

त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यरातिदेखि ७ जेठ मध्यरातसम्म बन्द हुनेछ।

करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल-भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयानुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले बताए। रासस

प्रकाशित: २३ वैशाख २०८१ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =