नेपाली नोटमा चुच्चे नक्सा राख्ने विषयमा भारतको प्रतिक्रिया : एकपक्षीय निर्णय

हिमाल प्रेस २३ वैशाख २०८१ १०:२९
8
SHARES
नेपाली नोटमा चुच्चे नक्सा राख्ने विषयमा भारतको प्रतिक्रिया : एकपक्षीय निर्णय भारतीय परराष्ट्रमन्त्री एस जयशंकर। तस्बिर : एएफपी/रासस

काठमाडौँ- नेपाल सरकारले १ सय रुपैयाँको नेपाली नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने विषयलाई भारतीय पक्षले ‘एकपक्षीय निर्णय’ भनेको छ।

भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेपालले छलफल नगरी नोटमा राख्न खोजेको प्रतिक्रिया दिएका हुन्।

परराष्ट्रमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने पनि स्पष्ट पारेका छन्।

‘मैले रिपोर्ट हेरेँ। मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ। स्थापित मञ्चह मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ। यहीबीचमा नेपालले एकतर्फी रूपमा केही निर्णय गरेको छ,’ भुवनेश्वरमा आयोजित कार्यक्रममा उनले भने, ‘अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबीचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन्।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको १ सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरिएको चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो।

नेपालले सन् २०२० मा मे महिनाको सुरुवातमा ती क्षेत्रहरू समावेश गरेको नयाँ नक्सा प्रकाशित गरेको थियो।

https://publish.twitter.com/?url=https://twitter.com/sidhant/status/1786757810312953886#

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =