शेखर कोइराला भन्छन् : देश दुर्घटनामा पर्न लाग्यो, कांग्रेस र एमाले मिल्नुको विकल्प छैन

हिमाल प्रेस २९ चैत २०८० १७:४९
86
SHARES
शेखर कोइराला भन्छन् : देश दुर्घटनामा पर्न लाग्यो, कांग्रेस र एमाले मिल्नुको विकल्प छैन

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुर्घटनाको संघारमा पुगेकोको देशलाई बचाउन आफूले पार्टीभन्दा माथि उठेर अभियान सुरु गरेको बताएका छन्। दाङको घोराहीमा आयोजित नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको बताएका हुन्।

‘मैले देश बचाउनकै लागि संसद्‍मा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ’, कोइरालाले भने, ‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ।’

नेताहरूले पहिले आफू, त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो कोइरालाले पोखे। उनले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिनेसमेत बताएका छन्।

प्रकाशित: २९ चैत २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =