लोकतन्त्र नेतालाई मात्रै आयो : शेखर कोइराला

हिमाल प्रेस १ फागुन २०८० १६:४१
12
SHARES
लोकतन्त्र नेतालाई मात्रै आयो : शेखर कोइराला फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा नेताका लागिमात्र लोकतन्त्र आएको तर जनताका लागि भने अझै लोकतन्त्र नआएको बताएका छन्। उनले भने, ‘हाम्रो लागि लोकतन्त्र आएको छ, नेताहरुका लागि लोकतन्त्र आएको छ तर जनताको लागि लोकतन्त्र आएको छैन भन्ने मैले ठहर गरेको छु।’

मंगलबार काठमाडौँमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु गलत भएको बताएका छन्। उनले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउन नहुने बताए।

उनले सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाउनुपर्नेमा जोड दिए।

उनले पीडितलाई मर्का पर्नेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाउनु नहुने बताए। नेता कोइरालाले राजनीतिक मुद्दा बनाएर पास गर्दा संसदबाट पास भए पनि अन्तरराष्ट्रिय स्तरमा देशको छवि नरहने भन्दै संक्रमणकालीन न्याय पीडितमैत्री बन्नुपर्ने बताए।

प्रकाशित: १ फागुन २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + three =