विश्वकपअघि नेपालले अमेरिका र क्यानडाविरुद्ध अभ्यास खेल खेल्ने

हिमाल प्रेस ४ जेठ २०८१ ७:१३
16
SHARES
विश्वकपअघि नेपालले अमेरिका र क्यानडाविरुद्ध अभ्यास खेल खेल्ने

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअघि नेपालले अमेरिका र क्यानडाविरुद्ध ‘वार्म अप’ (अभ्यास) खेल खेल्ने भएको छ। आईसीसीले प्रदान गर्ने दुई वार्मअप खेल तय भएका हुन्। नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ।

आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेस्ट इन्डीज र अमेरिकामा आयोजना हुँदैछ। टी-२० विश्वकपमा नेपालसहित २० टीम सहभागी छन्। चार समूहमा ५-५ टीम छन्।

हरेक समूहका शीर्ष दुई टीम सुपर-८ मा पुग्नेछन्। समूह ‘डी’ मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन्। नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुआत गर्नेछ।

प्रकाशित: ४ जेठ २०८१ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =