राप्रपाले रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति बनाउने

हिमाल प्रेस १९ माघ २०७९ २१:०२
12
SHARES
राप्रपाले रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति बनाउने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी र सरकारबीच समन्वय गर्न कार्यविधि बनाउने निर्णय गरेको छ। बिहीबार काठमाडौँमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले पार्टीको विधानबमोजिम पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। बैठकले ०८० वैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए।

बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा जानकारी गराएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =