संसद्‌मा नेपालले योगीको गीत सम्झिँदै भने : यो देशमा म एउटा मानिस खोजिरहेको छु

हिमाल प्रेस १६ कार्तिक २०८० १४:४५
16
SHARES
संसद्‌मा नेपालले योगीको गीत सम्झिँदै भने : यो देशमा म एउटा मानिस खोजिरहेको छु

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको बैठकमा गीत सम्झिएका छन्।

बिहीवार बसेको बैठकमा बोल्ने क्रममा अध्यक्ष नेपालले गीत सम्झिएका हुन्। उनले पछिल्लो समय नेपाली युवा विदेशिने क्रम बढिरहेको भन्दै शिशिर योगीको गीत सुनाएका थिए।

‘छाडेर काम सारा एक काम रोजिरहेको छु, यो देशमा म एउटा मानिस खोजिरहेको छु भन्ने गीत म सम्झन्छु। मैले यो गीत प्रस्तुत गरिरहँदा केही व्यक्तिलाई घोच्यो। उहाँले प्रतिवाद गर्नु भयो तर मैले व्यक्ति विशेषलाई भनेको होइन। प्रत्येक क्षेत्रमा एउटा मान्छे चाहिएको छ’, उनले भने‚ ‘यो कुरा गर्दा वर्तमान प्रधानमन्त्रीलाई घोच्ला। अझै पनि खोज्दै हुनुहुन्छ कि क्या हो भनेर उहाँको जवाफ सुन्नुपर्ला तर मैले एउटा व्यक्तिलाई भनेको होइन। यो गीतले मलाई सधैँ पोल्छ।’

अध्यक्ष नेपालले फरक प्रसंगमा अर्को गीत पनि सम्झिएका थिए। उनले ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ जुनकिरी झैँ ज्योती बाली अन्धकारमा चम्किन्छ’ भन्ने गीत पनि सम्झिएका थिए।

नेपालले गीतले भनेजस्तै नेपालीले अनेक चुनौती सामना गरी विजय पनि प्राप्त गरेको भन्दै निराश हुनुपर्ने कारण नरहेको बताए। उनले नेपालमा केही पनि छैन, केही भएन, सबै सक्कियो भन्ने भाष्य निर्माण गरिएको भन्दै त्यो गलत भएको बताए।

प्रकाशित: १६ कार्तिक २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =