नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुहुँदैन : माधवकुमार नेपाल

हिमाल प्रेस २० चैत २०८० १७:०८
40
SHARES
नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुहुँदैन : माधवकुमार नेपाल माधवकुमार नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान नहुने बताएका छन्। मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यो किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका हुन्। उनले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे।

अध्यक्ष नेपालले नेपाली राजनीतिकर्मीको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गरे। उनले अहिलेको अवस्थामा संविधान सबै काम गर्न बाधक नभई सहयोगी रहेको जिकिर गरे। अध्यक्ष नेपालले केही भएका कमीलाई संशोधन गरेर जान सकिने बताए।

अध्यक्ष नेपालले जनताबाट निर्वाचित जनप्रतिनिधिहरूले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए। नेपालमा समाजवादको विकल्प नरहेको उनको जिकिर छ। राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरेको भए पनि फेरि राजतन्त्रका शक्तिहरू सल्बलाउने र पुनःउत्थानवादीहरूले राजतन्त्र फर्काउने कोसिस गरिरहेको भन्दै समयमै सजग हुनुपर्ने बताए।

आजमात्रै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौँमा ०८४ भित्रै नेपालमा प्रत्यक्ष कार्यकारी निर्वाचित व्यक्तिको नेतृत्व हुनुपर्ने माग राखेर प्रदर्शन गरेका थिए।

प्रकाशित: २० चैत २०८० १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =