नेपालसँग देउवाले भने, प्रचण्डले फेरि धोका दिए, मिलेर जाऔँ

हिमाल प्रेस २३ फागुन २०८० १३:२७
34
SHARES
नेपालसँग देउवाले भने, प्रचण्डले फेरि धोका दिए, मिलेर जाऔँ

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मिलेर अघि बढ्न आग्रह गरेका छन्। सभापति देउवाले बुधबार अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेर यस्तो आग्रह गरेका हुन्।

देउवा र नेपालबीच अहिलेको विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। दुई नेता छलफल तथा भेटघाटलाई निरन्तरता दिन सहमत भएका छन्। प्रमुख सचेतक लेखकले विकसित राजनीतिक घटनाक्रमका विषयमा अहिले सबै राजनीतिक दलहरुसँग छलफल भइरहेको पनि बताए।

नेपालको सचिवालयका एक सदस्यले  देउवाले ‘प्रधानमन्त्री प्रचण्डले फेरि धोका दिए, अब सँगै मिलेर अगाडि जाऊँ’ भनेको बताए। जवाफमा अध्यक्ष नेपालले यसबार बुधबार बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

एकीकृत समाजवादीले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेपछि एकीकृत समाजवादीले के गर्ने भन्ने निर्णय गरेको छैन। अध्यक्ष नेपाललाई प्रचण्ड र ओलीले सत्तामा आउन आग्रह गर्दै आएका छन्। कांग्रेसले भने प्रतिपक्षीमा रहन आग्रह गर्दै आएको छ।

प्रकाशित: २३ फागुन २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =