कोशीको ‘एक्पेरिमेन्ट’ नयाँ हो : शेखर कोइराला

हिमाल प्रेस १५ कार्तिक २०८० २१:१०
6
SHARES
कोशीको ‘एक्पेरिमेन्ट’ नयाँ हो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेताहरूले नै माओवादी सामु ‘तिम्रै पार्टीको यो मान्छेलाई मुख्यमन्त्री बनाऊ’ भनेकाले कोशी प्रदेशमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको बताएका छन्।

नेपाली कांग्रेस कास्की क्षेत्र नं १ को सम्मेलनलाई बुधबार सम्बोधन गर्दै कोइरालाले कोशीमा नयाँ ‘एक्सपेरिमेन्ट’ भएको बताएका छन्। ‘कांग्रेसकै नेताले मुख्यमन्त्री माओवादीलाई दिने कुरा कसरी मान्न सकिन्छ? कोशीमा नयाँ एक्सपेरिमेन्ट हो। हेरौँ कसरी अगाडि बढ्छ,’ उनले भने।

कांग्रेसले आफ्नो सिद्धान्त त्यागेर व्यवहारवादी राजनीतिमा लागेकाले कांग्रेस कमजोर बनेको उनको आरोप छ। कोइरालाले केन्द्रमा अहिलेकै गठबन्धन जारी रहने समेत बताए।

संसदीय व्यवस्थामा प्रधानमन्त्री नै सर्वेसर्वा हुने भएकाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको उनको भनाइ छ।

प्रकाशित: १५ कार्तिक २०८० २१:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =