भारतीय सयपत्री माला आयातमा रोक

हिमाल प्रेस १५ कार्तिक २०८० ११:२५
18
SHARES
भारतीय सयपत्री माला आयातमा रोक

काठमाडौँ- पुष्प विकास केन्द्रले एक सूचना जारी गर्दै भारतीय सयपत्री फूलको माला प्रतिबन्ध गर्ने निर्णय गरेको छ।

भारतीय सयपत्रीको माला स्वदेशी बजारबाटै पुग्ने भएपछि भारतबाट आयात अनुमति बन्द गरिएको समेत केन्द्रको सूचनामा उल्लेख छ। अर्को सूचना जारी नभएसम्म यो निर्णय लागू हुने समेत केन्द्रको विज्ञप्तीमा भनिएको छ।

अहिले उपत्यकामा दुईवटा पुष्प मेला लागिरहेका छन्। त्यस मेलामा आएका सरकारी अतिथिहरूले पनि भारतीय फूल आयातमा प्रतिबन्ध गर्नुपर्नेमा आवाज उठाएका छन्।

पुष्प व्यवासायीहरूले सरकारलाई भारतीय फूल आयातमा प्रतिबन्ध गर्नुपर्ने माग गर्दै आएपनि भन्सार नाकाबाट चोरी वा मिलेमतोमा फूल निर्वाध आइरहेको छ।

 

प्रकाशित: १५ कार्तिक २०८० ११:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =