सुन तस्करी प्रकरण : राहुलसहित चार जनाविरुद्ध मुद्दा

हिमाल प्रेस २४ असोज २०८० २०:३२
4
SHARES
सुन तस्करी प्रकरण : राहुलसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ- विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल (रेशमबहादुर) सहित चार जनाविरुद्ध आज (बुधबार) काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

संगठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए।

उक्त कसुर गरेको आरोपमा राहुलसहित काठमाडौँका लोकेन्द्रकुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाडौँको बौद्धका निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको सहन्यायाधिवक्ता नेउपानेले बताए। अभियुक्त निमा हाल फरार छन् भने दावा ६१ किलो सुन तस्करीका आरोपी समेत हुन्।

अघिल्लो वर्ष २०७९ पुस १० गते दुबईबाट भेपमा लुकाएर करिब ९ किलो सुन तस्करी भएको थियो।

प्रकाशित: २४ असोज २०८० २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =