इजरायलमा भएका नेपालीलाई फिर्ता ल्याउन दुई कम्पनीका विमान तयारी अवस्थामा

हिमाल प्रेस २३ असोज २०८० ११:४३
90
SHARES
इजरायलमा भएका नेपालीलाई फिर्ता ल्याउन दुई कम्पनीका विमान तयारी अवस्थामा

काठमाडौँ- इजरायलबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी गराएका छन्। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा भएका नेपालीको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले नेपालीलाई स्वदेश फिर्ता ल्याउन विमान तयारी अवस्थामा रहेको बताएका हुन्।

नेपालीलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स तयारी अवस्था राखिएको बताए। इजरायलमा रहेका २०० जनाभन्दा बढी व्यक्तिले नेपाल फर्कन अनलाइन रजिस्ट्रेसन गरिसकेको उनले उल्लेख गरे। सरकारले नेपाल फर्किन चाहनेलाई राजदूतावासको सम्पर्कमा आउन भनेको छ।

‘परराष्ट्र मन्त्रालयले इजरायल सरकार र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी निधन भएका नेपालीहरूको शव नेपाल ल्याउन जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्कन चाहने विद्यार्थी तथा अन्य नेपालीलाई नेपाल ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ,’ मन्त्री साउदले भने, ‘नेपालको हवाइजहाज तयारी अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरिएको छ।’

त्यस्तै मन्त्री साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।  ‍हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे। ‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ,’ उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौं।’

इजरायलमा भएका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले संसदीय समितिमा गराए जानकारी

प्रकाशित: २३ असोज २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =