संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम

हिमाल प्रेस २ जेठ २०८१ १०:५५
4
SHARES
संस्कृति संरक्षणका निम्ति मादल बजाउने तालिम

म्याग्दी-  म्याग्दीको सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ। बेनी नगरपालिकाको आयोजनामा मंगलबारदेखि निर्माण व्यवसायी समितिको सभाहलमा सुरु भएको तालिम १५ दिन सम्म चल्नेछ।

तालिममा बेनी नगरपालिका भित्रका आमा समूह तथा महिलाले नेतृत्व गरेका संघसंस्थाका ६० जना सहभागी छन्। तालिमको सहजीकरण कलाकार तथा वाद्यवादक दिनेश पुन र अमित विश्वकर्माले गरेका छन्।

तालिमको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गरेका थिए। उनले संगीत सकारात्मक सोचको विकास गराउन सक्ने शक्ति भएको भन्दै नगरप्रमुख केसीले कला, संस्कृतिको संरक्षणका निम्ति नगरपालिकाले तालिम सञ्चालन गरेको बताए।

कार्यक्रममा नगरका उपप्रमुख ज्योति लामिछानेले महिलालाई गाउँघरमा बेलाबेलामा आयोजना हुने भजनकीर्तन लगायत धार्मिक–सांस्कृतिक कार्यक्रममा मादल बजाउन सक्ने बनाउन तालिमको आयोजना गरिएको बताइन्।

प्रकाशित: २ जेठ २०८१ १०:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 6 =