इजरायलमा भएका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले संसदीय समितिमा गराए जानकारी

हिमाल प्रेस २३ असोज २०८० ११:३०
10
SHARES
इजरायलमा भएका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्रीले संसदीय समितिमा गराए जानकारी

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले इजरायमा भएका नेपालीको अवस्थाबारे संघीय संसद्‌को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन समितिलाई जानकारी गराएका छन्।

समितिमा मन्त्री साउदले ३२ नेपाली विद्यार्थीलाई त्यहाँको सेनाको सहयोगमा सुरक्षित स्थानमा सारिएको जानकारी गराए। त्यस्तै उनले उनीहरूलाई स्वदेश फिर्ता ल्याउने तयारीमा सरकार जुटेको पनि बताए। हमासले इजरायलमाथि आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सरकारी तथ्यांकअनुसार इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ जना विद्यार्थी रहेकोमा १० विद्यार्थीको मृत्यु भएको थियो। मृतकको शव नेपाल ल्याउनेबारे पनि त्यहाँस्थित राजदूतावासमार्फत समन्वय नभइरहेको साउदको भनाइ छ।

सरकारले इजरायलमा रहेका र नेपाल फर्किन चाहने नेपालीलाई पनि सम्पर्कमा आउन भनेको छ। त्यस्तै मृतकको सम्झनामा आज सबै सरकारी कार्यालय तथा विदेशस्थित कूटनीतिक नियोगमा नेपाली झण्डा आधा झुकाइएको छ।

प्रकाशित: २३ असोज २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =