राष्ट्रिय भेला पार्टी विभाजनका लागि होइन : एनपी साउद

हिमाल प्रेस १६ साउन २०८३ १५:३८ | Saturday, August 1, 2026
8
SHARES
राष्ट्रिय भेला पार्टी विभाजनका लागि होइन : एनपी साउद

काठमाडौँ- नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता एनपी साउदले पार्टीलाई एकताबद्ध बनाउन वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको बताएका छन्।

शनिबार संस्थापनइतर समूहको सम्पर्क कार्यालय चूनदेवीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता साउदले राष्ट्रिय भेला पार्टी विभाजनका लागि नभएको भन्दै वार्ता र संवादको माध्यमबाट सहमतिमा पुग्न सकिने प्रशस्त सम्भावनाहरू रहेको बताए। यसका लागि वर्तमान पार्टी नेतृत्वले लचकता देखाउनु जरुरी रहेको उनको भनाइ छ।

उनले संस्थापनपक्षसँग अनौपचारिक छलफलहरू भए पनि अहिलेसम्म सार्थक बहस हुन नसकेको उल्लेख गरे।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षलाई पठाएको प्रस्तावमा समेत कुनै जवाफ नआएको उनको भनाइ छ।

पार्टीको मत २७ लाखबाट घटेर १६ लाखमा झरेको र सिट संख्या ८९ बाट ३८ मा खुम्चिएको गम्भीर परिस्थितिमा पार्टी एकता अत्यन्तै जरुरी रहेको उनले बताए।

उनले निर्वाचन आयोग र अदालते स्थापित गरेको नेतृत्वले उदारतापूर्वक सबैलाई चाहिँ समेट्नुपर्ने आग्रह गर्दै आएको धारणा राखे।

प्रकाशित: १६ साउन २०८३ १५:३८ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast