‘शेरबहादुर देउवा नै हाम्रो नेता हुनुहुन्छ’

हिमाल प्रेस २९ साउन २०८३ १५:४६ | Friday, August 14, 2026
10
SHARES
‘शेरबहादुर देउवा नै हाम्रो नेता हुनुहुन्छ’

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेस एकीकृत भएको खण्डमा कसैले पराजित गर्न नसक्ने बताएका छन्।

शुक्रबारदेखि सुरू भएको संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

नेता कोइरालाले पार्टीको आन्तरिक एकता मजबुत बनाउनु आफ्नो प्रमुख दायित्व भएको पनि बताए। निवर्तमान सभापति शेरबहादुर देउवाको प्रशंसा गर्दै कोइरालाले आफू उनीबाट प्रभावित भएको बताए।

बीपी कोइरालाले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उल्लेख गर्दै उनले भने,‘बीपीको निर्देशनमा मैले देउवालाई बनारस घुमाएको थिएँ। त्यसक्रममा हामीले फिल्महरू हेरेका थियौँ। फिल्मबारे उहाँले देखाउनुभएको सुक्ष्म र विश्लेषणबाट म प्रभावित भएको थिएँ।’

देउवा भाग्यमानी र प्रभावशाली नेता रहेको उनको भनाइ थियो।

कोइरालाले भने,‘लोकतन्त्रको आगमनपछि तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाको आग्रहमा लन्डनबाट फर्किएलगत्तै शेरबहादुरजी प्रधानमन्त्री बन्नुभयो। उहाँ भाग्यमानी र प्रभावशाली नेता हुनुहुन्छ। शेरबहादुरजी नै हाम्रो नेता र सभापति हुनुहुन्छ, उहाँकै नेतृत्वमा नेपाली कांग्रेस अगाडि बढ्छ।’

प्रकाशित: २९ साउन २०८३ १५:४६ | Friday, August 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast