प्रधानसेनापति आइतबार बेलायत जाँदै

हिमाल प्रेस १७ असोज २०८० २१:१२
6
SHARES
प्रधानसेनापति आइतबार बेलायत जाँदै

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जंगी अड्डामा छलफल भएको हो।

त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित: १७ असोज २०८० २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =