बझाङ भूकम्प अपडेट : व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

हिमाल प्रेस १६ असोज २०८० १७:०६
46
SHARES
बझाङ भूकम्प अपडेट : व्यथा लागेकी गर्भवतीलाई अस्पताल बाहिर ल्‍याएर सुत्केरी गराइयो

काठमाडौँ– बझाङमा लगातार भूकम्पपछि एक जना व्यथा लागेकी गर्भवती महिलालाई अस्पताल बाहिर ल्याएर सुत्केरी गराइएको छ। व्यथा लागेपछि जिल्ला अस्पताल बझाङमा भर्ना भएकी महिलालाई अस्पतालको आगनमा पर्दा लगाएर सुत्केरी गराइएको हो।

भूकम्पछि अस्पतालभित्र असहज भएपछि उनलाई बाहिर ल्याइएको थियो। बझाङका धेरै जसो क्षेत्रमा भूकम्पका कारण भौतिक संरचनामा क्षति भएको छ। २ बजेर ४० मिनेटमा ५.३ र ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।

भूकम्पका कारण विद्यालय भवन, स्थानीयका घर गोठ भत्किएका छन्। केही विद्यार्थीहरू घाइते भएका छन्।

बझाङ भूकम्प : बैतडीमा पनि भौतिक संरचनामा क्षति

बझाङ भूकम्प अपडेट : विद्यालय ध्वस्त, विद्यार्थी घाइते [तस्बिरहरू]

बझाङ केन्द्र भएर लगातार भूकम्प

 

प्रकाशित: १६ असोज २०८० १७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =