रणवीरको जन्मदिनमा ‘एनिमल’को टिजर सार्वजनिक

हिमाल प्रेस ११ असोज २०८० १३:०३
10
SHARES
रणवीरको जन्मदिनमा ‘एनिमल’को टिजर सार्वजनिक

काठमाडौँ- भारतीय अभिनेता रणवीर कपुरको बहुप्रतीक्षित फिल्म ‘एनिमल’को टिजर सार्वजनिक भएको छ। बिहीबार २८ सेप्टेम्बरमा रणवीरका जन्मदिनका अवसर पारेर टिजर रिलिज गरिएको हो।

लगभग ढाई मिनेट लामो टिजरमा रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, बबी देओललगायत कलाकार देखिएका छन्। फिल्ममा अनिल र रणवीर बुबा–छोराको भूमिकामा छन्। टिजरमा बाबुछोराको अप्ठ्यारो सम्बन्ध देखाइएको छ। त्यस्तै रश्मिका रणवीरकी प्रेमिकाका भूमिकामा छिन्।

एक्सन थ्रिलर फिल्म डिसेम्बर १ प्रदर्शनमा आउनेछ। फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुनेछ।

प्रकाशित: ११ असोज २०८० १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =