इटहरीमा अवैध संरचना हटाउन उपमहानगरको अल्टिमेटम

हिमाल प्रेस २५ वैशाख २०८१ १७:५०
8
SHARES
इटहरीमा अवैध संरचना हटाउन उपमहानगरको अल्टिमेटम

इटहरी- इटहरी उपमहानगरपालिकाले खेती खोलामा बनेको संरचना हटाउन ३५ दिने अल्टिमेटम दिएको छ।  खोला अतिक्रमण गरेर बनेको संरचना नहटाए डोजर चलाउने उपमहानगरले पत्राचार गरेको हो । खेती खोलामाथि अधिकांश संरचना अनाधिकृत रूपमा बनेको भन्दै ३५ दिनभित्र खोलाको भाग छोड्न मेयर हेमकर्ण पौडेलले पत्राचार गरेका हुन् । खोलाको भाग मिचेर बनेको संरचना आफैं नभत्काए उपमहानगरले नै डोजर चलाउने मेयर पौडेलको भनाइ छ ।

खेती खोलाको दुवै किनारबाट ६–६ मिटर छोडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै संरचना हटाउने तयारी भएको मेयर पौडेलले बताए । उनले उक्त खोला पैनीको दुवै तर्फ ६–६ मिटरभित्रै बनेका भवन संरचना ३५ दिनभित्र स्यंव हटाउन सूचना जारी गरेका हुन् ।

एक महिना अगाडि नै उपमहानगरपालिकाले यहाँका खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ ।

उपमहानगरले दिएको समयभित्र उपरोक्त खोला तथा पैनी मिचेर बनेका अनाधिकृत भवन संरचना नहटाए उपमहानगरपालिका आफैँले त्यस्ता प्रकृतिका संरचना हटाएर हटाउन लागेको संरचनाको खर्च समेत सम्बन्धित व्यक्तिबाट असुल उपर गर्ने जनाउँदै आएको छ ।

प्रकाशित: २५ वैशाख २०८१ १७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =