इटहरीमा आगलागीमा परेर महिलाको मृत्यु

हिमाल प्रेस २० फागुन २०८० ९:१५
28
SHARES
इटहरीमा आगलागीमा परेर महिलाको मृत्यु

इटहरी- इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ स्थित बीपी चौकमा मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गीतामाया कटवाल रहेकी छन् ।

कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले पुष्टि गरे। ‘कोठामा चुकुल लगाएर सुतेको अवस्थामा आगलागी भएछ । पूजाकोठा पनि त्यहीँ रहेछ,’ चौधरीले भने, ‘आगलागीको कारण तत्काल नखुलेपनि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।’

उनका अनुसार अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ।

कटवाल सुतेको कोठामा आगलागी भएको र छेउको कोठामा छोराबुहारी रहेको चौधरीले बताए। उनले भने, ‘छेउको कोठामा छोराबुहारी सुत्दारहेछन्। त्यो कोठामा आमा एक्लै भएकाले एउटा कोठामा सुतेको अवस्थामा मानवीय क्षति भयो ।’

उक्त कोठामा रहेका लत्ताकपडासहित दराज जलेर क्षति भएको उनको भनाइ छ ।

मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी मात्रै जानकारी पाएपनि दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ। आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: २० फागुन २०८० ९:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 13 =