हलमा ‘एनिमल’ र ‘सामबहादुर’, चौथो हप्तामा ‘दिमाग खराब’

हिमाल प्रेस १५ मंसिर २०८० १२:१४
12
SHARES
हलमा ‘एनिमल’ र ‘सामबहादुर’, चौथो हप्तामा ‘दिमाग खराब’

काठमाडौँ- नेपाली हलमा शुक्रबार (आज) बिहानदेखि दुई बलिउड फिल्म ‘एनिमल’ र ‘सामबहादुर’ प्रदर्शन भइरहेको छ।

नेपाली फिल्म ‘दिमाग खराब’ भने चौथो हप्तामा प्रवेश गरेको छ। रणवीर कपूर अभिनीत सन्दीप रेड्डी वांगाले निर्देशन गरेका फिल्म ‘एनिमल’ छन्।

फिल्म बाबुछोराको सम्बन्धको कथामा आधारित छ। फिल्ममा रश्मिका मन्दाना, अनिल कपूर, बबी देओललगायत कलाकारको अभिनय छ। फिल्म एक्सन, क्राइम र ड्रामा जनरामा बनेको छ। नेपाली मल्टिप्लेक्सहरूमा फिल्मले उत्साहजनक शो पाएको छ। प्रायः शो हाउसफूल छन्।

त्यस्तै फिल्म ‘सामबहादुर’ बायोपिक ड्रामा हो। मेघना गुल्जार निर्देशित बलिउड फिल्ममा विक्की कौशल मुख्य भूमिकामा छन्।

सन् १९७१ को भारत–पाक युद्धको बेलामा भारतीय सेना प्रमुख र त्यसअन्तर्गतको गोर्खा रेजिमेन्टको नेतृत्व गरेका साम मनकेशवाको बायोपिक फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो।

फिल्ममा भारतीय सेनामा कार्यरत नेपाली गोर्खा सेनाको कथावस्तु पनि समेटिएको छ। बिक्कीसहित फिल्ममा सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारले अभिनय गरेका छन्।

कात्तिक २४ देखि फिल्म ‘दिमाग खराब’ प्रदर्शनरत छ। जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्। फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

प्रकाशित: १५ मंसिर २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =