एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरुद्ध उजुरी

हिमाल प्रेस १८ भदौ २०८० १४:२१
190
SHARES
एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका उम्मेदवार रिजालविरुद्ध उजुरी

लुम्बिनी- बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजालको संगठित सदस्यतामा विवाद उत्पन्न भएको छ। रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका-६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बनेका थिए। तर रिजालको संगठित सदस्यता लुम्बिनी प्रदेशमा नै नरहेको बताउँदै एक प्रतिनिधिले निर्वाचन समितिमा उजुरी दिएका हुन्।

उनको उजुरी निर्वाचन समितिले दर्ता गरेको छ। निर्वाचन समितिले १० बजेसम्म मनाेनयनकाे समय दिएकाे थियाे। प्रदेशको पहिलो अधिवेशन भएकाले लुम्बिनीबाट जाने सन्देशले ठूलो महत्व राख्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए

बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी अधिवेशनका लागि १२ वटै जिल्लाका ८२ हजार ८९५ पार्टी सदस्यहरूबाट छानिएका प्रतिनिधि तथा विभिन्न २३ वटा जनसंगठनहरूबाट छानिएका गरी १००४ प्रतिनिधिहरू सहभागी छन्।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ। सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका छन्।

प्रकाशित: १८ भदौ २०८० १४:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =