रसुवागढी नाकाबाट भित्रिन लागेको १ किलो सुन बरामद

हिमाल प्रेस १७ भदौ २०८० ८:४८
16
SHARES
रसुवागढी नाकाबाट भित्रिन लागेको १ किलो सुन बरामद

रसुवा- अवैधरूपमा सुन आयात गर्ने उत्तरी नाका रसुवाबाट एक जना महिला पक्राउन परेकी छन्। शनिबार मितेरी पुलबाट सुनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका–३ बृद्धिम निवासी ४१ वर्षीया पाछेमु तामाङ् रहेकी छन्। जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले केरूङबाट अवैधरूपमा एक केजी सुन लुकाइछिपाइ रसुवागढी नाकाबाट नेपाल भित्र्याउँदै लाग्दा सीमा सुरक्षाकर्मीले तामाङलाई पक्राउ गरिएको जानकारी दिए।

सुन ल्याउने महिला बिरामी परेको देखिएकाले सुरक्षाका साथ उपचारका लागि रसुवा अस्पताल भर्ना गरिएको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: १७ भदौ २०८० ८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =