समाजवादी मोर्चाले कांग्रेसभित्र चिसो पसेको छैन : माधवकुमार नेपाल

हिमाल प्रेस १४ भदौ २०८० १५:४९
12
SHARES
समाजवादी मोर्चाले कांग्रेसभित्र चिसो पसेको छैन : माधवकुमार नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर समाजवादी मोर्चा बनाउँदा नेपाली कांग्रेसलाई कुनै आपत्ति नभएको बताएका छन्। आज बिहीबार सुर्खेतमा आयोजित मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।

‘मोर्चा बनेपछि कांग्रेसमा चिसो पस्यो भन्ने लागेको होला । चिसो पसेको छैन। कम्युनिस्ट मिलेका खण्डमा देशलाई बलियो बनाउन सकिन्छ । निर्वाचन प्रणाली नै त्यस्तो छ, एक्काएक्लै कसैको पार लाग्दैन’ उनले भने।

उनले एकतामा शक्ति हुने, शक्तिमा ऊर्जा हुने र ऊर्जामा परिवर्तन गर्ने तागत हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा पैसाको चलखेल हुने भन्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताए ।

उनले अहिलेको निर्वाचन प्रणालीबाट एक्लै कसैले बहुमत ल्याउन नसक्ने बताए । निर्वाचनबाट कुनै एउटा पार्टीले बहुमत ल्याउन नसकेकाले मोर्चाको कुरा आएको उनको भनाइ छ ।

उनले सरकारलाई देशी विदेशी शक्तिले हल्लाउन नसक्ने दाबी गरे । कसैलाई ढलोस् भन्ने लागेको भए असिन पसिन हुन दिन उनको आग्रह छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी कामको प्रशंसा गरे । सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो समर्थन रहेको पनि बताए।

प्रकाशित: १४ भदौ २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =