सुन प्रकरणको अनुसन्धान गर्न एसएसपी आचार्यलाई हङकङ पठाउँदै सीआईबी

हिमाल प्रेस १२ भदौ २०८० १९:५२
200
SHARES
सुन प्रकरणको अनुसन्धान गर्न एसएसपी आचार्यलाई हङकङ पठाउँदै सीआईबी हङकङबाट ल्याइएको तस्करीको सुन पगालिँदै।

काठमाडौँ- सुन तस्करी प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एसएसपी दिनेश आचार्यलाई हङकङ पठाउने भएको छ। साउन ३ गते नियन्त्रणमा लिइएको ६० किलो सुनको अनुसन्धान गर्न सीआईबीले एसएसपी आचार्यलाई हङकङ पठाउने भएको हो।

उक्त ६० किलो सुन हङकङबाटै नेपाल ल्याइएको थियो। नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)सँग समन्वय गरी एसएसपी आचार्यलाई हङकङ पठाउने लागेको हो। हङकङमा पनि उनले इन्टरपोलका अधिकारीहरूको सहयोगमा सुन तस्करीका त्यहाँका एजेन्ट र नेपालस्थित एजेन्टको कनेक्सनबारे अध्ययन गर्नेछन्। नेपाल प्रहरीले यो प्रकरणबारे हङकङ प्रहरीसँग पनि सहयोग लिने बताएको छ।

‘यो विषयमा स्थानीय एजेन्टबारे अनुसन्धान गर्न सीआईबीले एसएसपी नेतृत्वमा प्रहरी अधिकारी पठाउँदैछ,’ गृहमन्त्रालय स्रोतले भन्यो।

६० किलो सुन प्रकरण राजस्व अनुसन्धान विभागले प्रारम्भिक अनुसन्धान सकेर बाँकी अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरेको हो। सरकारले नै सीआईबीलाई बाँकी अनुसन्धान गर्न दिने निर्णय गरेको थियो।

सुन मोटरसाइकलको ब्रेक सुमा राखेर ल्याइएको थियो। यो प्रकरणमा पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान जारी छ।

प्रकाशित: १२ भदौ २०८० १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =