कोशी प्रदेशसभामा आर्थिक अध्यादेश सर्वसम्मत पारित

हिमाल प्रेस २ भदौ २०८० ६:२०
2
SHARE
कोशी प्रदेशसभामा आर्थिक अध्यादेश सर्वसम्मत पारित कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

विराटनगर- कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मत पारित भएको छ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजनामन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेस गर्दा शुक्रबारको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले विरोध गरेनन्।

मन्त्री गौतमले प्रदेशको समृद्धि र विकासका निम्ति एक अर्कामा सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विकास र समृद्धिका निम्ति साझा संकल्प लिनुपर्ने धारणा राखे।

बैठकमा उपसभामुख दनुवारले निवर्तमान सभामुख बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्र र प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभएको थियो।

प्रदेश सभाको अर्को बैठक भदौ ४ गते दिउँसो १ बजे बस्नेछ।

प्रकाशित: २ भदौ २०८० ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =