किसानलाई लम्पी स्किनको क्षतिपूर्ति तत्काल दिन कृषिमन्त्रीलाई संसदीय समितिको निर्देशन

हिमाल प्रेस ३२ साउन २०८० १६:४४
4
SHARES
किसानलाई लम्पी स्किनको क्षतिपूर्ति तत्काल दिन कृषिमन्त्रीलाई संसदीय समितिको निर्देशन बेदुराम भुसाल

काठमाडौँ- लम्पि स्किन रोगबाट क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति दिन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले लम्पी स्किन रोगबाट मृत्यु भएका पशु चौपायाको क्षतिपूर्तिस्वरूप उपलब्ध गराइने राहत तत्काल कृषकलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो।

बिहीबार बसेको समिति बैठकले कृषकको क्षतिअनुसार प्राथमिकताका आधारमा तत्काल कार्यविधि तथा मापदण्ड स्वीकृत गरी राहत उपलब्ध गराउन र यसका लागि आवश्यक बजेट उपलब्ध गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो।

बैठकले लम्पी स्किन रोगको दीर्घकालीन रूपमा पूर्ण नियन्त्रण र रोकथामका लागि आवश्यक भ्याक्सिन स्वदेशमै उत्पादन गरी सबै किसानलाई सर्वसुलभ उपलब्ध गराउने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै बैठकले लम्पी स्किनजस्ता संक्रामक रोगबाट सिर्जना हुने संकटको अवस्थामा तीनै तहको सरकारबीच समन्वय गर्न अधिकार प्राप्त समन्वयकारी निकायको गठन गरी कार्यसम्पादन गर्न पनि सकारलाई निर्देशन दिएको छ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुषालले लम्पी स्किन रोगबाट १३ लाख ५ हजार ३ सय ६१ पशु संक्रमित भएको जानकारी गराए। १० लाख ८२ हजार १ सय ५९ पशु उपचार पश्चात् निको भएको र ४७ हजार ६ सय ४९ वटा पशु रोगका कारण मृत्यु भएको उनले बताए।

यस रोगबारे सचेतना बढाउने कामका साथै उपचारको व्यवस्था गरेका कारण संक्रमण क्रमश कम हुँदै गएको दाबी मन्त्री भुसालको थियो। विभिन्न मुलुकबाट हालसम्म १३ लाख ६९ हजार डोज खोप आयात गरेको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकेको उनले बताए। क्षतिमा पूर्णरूपमा क्षतिपूर्ति दिन नसकेपछि राहत दिनुपर्ने जोड रहेको जिकिर उनले गरे।

प्रकाशित: ३२ साउन २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =