स्थानीय जनप्रतिनिधिको काम हेर्न ‘एप्रुभल रेटिङ’ ल्याउँदै जनमत

हिमाल प्रेस २४ साउन २०८० ७:०७
62
SHARES
स्थानीय जनप्रतिनिधिको काम हेर्न ‘एप्रुभल रेटिङ’ ल्याउँदै जनमत

काठमाडौँ- जनमत पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूको ‘एप्रुभल रेटिङ’ भइरहेको छ। जनमत पार्टीले आफ्ना जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि ‘एप्रभुल रेटिङ’ गर्न लागेको जनाएको छ।

जसअनुसार जनमत पार्टीका निर्वाचित स्थानीय जनप्रतिनिधिको सम्बन्धमा स्थानीय तहमा मतदान गराउने व्यवस्था गरेको छ। पार्टी सचिवालयले मतदानका लागि निर्वाचन अधिकारीसमेत तोकेर स्थानीय तहमा खटाएको पार्टी सचिव बीपी साहले जानकारी दिए।

‘साउन २७ गते हुने एप्रुभल रेटिङको मतदानका लागि २६ जना निर्वाचन अधिकारी केन्द्रबाटै खटाइएको छ,’ साहले भने, ‘निर्वाचन कार्यतालिका अनुसार मंगलबार मतदाताको नामावली प्रकाशन गरिएको छ।’

२०८० वैशाख ३० गतेअघि जनमत पार्टीको सदस्यता लिएकाहरूले मात्र मतदान गर्न पाउने जानकारी दिँदै सचिव साहले भने, ‘बुधबार र बिहीबार मतदाता नामावलीउपर दाबी विरोध र त्यसपछि अन्तिम नामावली प्रकाशित गरी २७ गते मतदान हुनेछ।’

मतदान गर्नुअघि निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई आफ्नो कुरा राख्ने र मतदाताको प्रश्न सुन्ने समय दिइनेछ। त्यसपछि मात्र मतदान हुने उनले बताए।

स्थानीय जनप्रतिनिधिहरुको मतदान गराएर मूल्यांकन गराउने अभ्यास नेपालमा पहिलोपटक हुन लागेको पनि उनले दाबी गरे।

प्रकाशित: २४ साउन २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =