पूर्व-पश्चिम नहर बनाउनुपर्छ : कृषिमन्त्री भुसाल

हिमाल प्रेस २२ साउन २०८० २१:३२
4
SHARES
पूर्व-पश्चिम नहर बनाउनुपर्छ : कृषिमन्त्री भुसाल फाइल तस्बिर।

काठमाडाैँ- कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले सिँचाइ सुविधाका लागि पूर्व-पश्चिम नहर निर्माण गर्नुपर्ने बताएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले सिँचाइको अभावमा एक तिहाइ जग्गा बाँझो रहेकाले पूर्व-पश्चिम नहर बनाएर कृषि क्षेत्रको विकास गर्नुपर्ने बताएका हुन्।

मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा तराई क्षेत्रमा समस्या भएको बताउँदै उनले सिँचाइ नहुँदा कृषिमा देखिएको समस्याले अब सिँचाइको सुविधाका लागि पूर्व-पश्चिम नहर निर्माण गर्नुको विकल्प नरहेको बताए।

देशका ठूलाठूला नदीबाट तराई र पहाडको चुरो क्षेत्र हुँदै पूर्व-पश्चिम नहर बनाएर जान सकेमात्र कृषिमा सोचेजस्तो परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो। मन्त्री भुसालले देशको अर्थतन्त्रको मेरुदण्ड रहेको कृषि क्षेत्रको विकासका कुरा गर्ने तर सिँचाइको सुविधा पुर्‍याउन नसक्ने अवस्था दुर्भाग्यपूर्ण भएको बताए।

प्रमुख खाद्यान्न बाली धान रहेको हुँदा यसको विस्तारमा लाग्नुपर्नेमा उनले बताए। मन्त्री भुसालले भारतले चामल निर्यात रोकिसकेको अवस्थामा अब धानको उत्पादनलाई बढाउनुपर्ने र चैते धानको खेतीतर्फ किसानलाई आकर्षित गर्नुपर्ने बताए।

खाद्यान्न संक‍ट आउन नदिन बाँझो जग्गाको उपयोग गरी सिँचाइमा लगानी लगाउनुपर्ने बताउँदै उनले उत्पादन वृद्धिसँगै बीउविजन र रासायनिक मलको समस्या पनि समाधान गर्नुपर्ने बताए। मन्त्रायलले सामूहिक र करार खेतीलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उहाँले जानकारी दिए। मन्त्री भुसालले मुलुकमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्न कृषि र पशुपालनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। रासस

प्रकाशित: २२ साउन २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =