‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक

हिमाल प्रेस २२ साउन २०८० १६:३९
4
SHARES
‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’  पुस्तक सार्वजनिक

काठमाडौँ- उच्च अदालत तुलसीपुरका कामु मुख्यन्यायाधीश डा. रत्नबहादुर वागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ पुस्तक सार्वजनिक भएको छ। सोमबार काठमाडौँमा एक कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिह्नाले पुस्तक सार्वजनिक गरे।

साइबर अपराधको अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा विषयगत सन्दर्भ सामग्रीको चरम अभावलाई चिर्न उक्त पुस्तक लेखिएको लेखक वागचन्दले बताए। कार्यक्रममा न्यायाधीश सिन्हाले साइबर अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणको क्षेत्रमा यो पुस्तक महत्वपूर्ण दस्ताबेजको रुपमा स्थापित हुने भनाइ राखे। साइबर अपराध क्षेत्रका विज्ञद्वारा लेखिएको हुँदा पुस्तकको विश्वसनीयता स्थापित भएको उनको भनाइ थियो।

सूचना र सञ्चार प्रविधिको द्रूततर विकाससँगै इन्टरनेटको बढ्दो प्रयोगले साइबरस्पेसमा असुरक्षित रुपमा गरिने गतिविधिले साइबर अपराधीहरूको मनोबल बढेको र विश्वका करोडौँ मानिस साइबर अपराधको शिकार भइरहेको बेला यो पुस्तक उपयोग्य हुने विश्वास कार्यक्रममा उपस्थित वक्ताहरूको थियो।

कार्यक्रममा साइबर कानुनमा विद्यावारिधि गरेका पुर्वन्यायाधीश श्रीकृष्ण भट्टराईले यस पुस्तकको महत्वका बारेमा प्रकाश पारेका थिए। हालसम्म साइबर अपराध अनुसन्धान, अभियोजना र न्याय निरुपणका तीनै क्षेत्रलाई समेटिएको दस्ताबेजको अभावलाई यस पुस्तकले पूरा गरेको उनको भनाइ थियो।

कार्यक्रममा महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, सीआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, नेपाल टेलिकम प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, क्यान फेडरेसनका महासचिव चिरञ्जीवीलगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =