डा. ओम मूर्तिको पुस्तक जीवन्त सम्बन्ध प्रकाशित

हिमाल प्रेस २९ भदौ २०८० १६:१६
12
SHARES
डा. ओम मूर्तिको पुस्तक जीवन्त सम्बन्ध प्रकाशित

काठमाडौँ- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ। शुक्रबार लेखक डा. ओम मूर्ति, उनकी श्रीमती मनीषा, छोरी अनिशा र छोरा आरभले संयुक्तरूपमा पुस्तकको लोकार्पण गरे।

संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ। पुस्तकमा सम्बन्धको गहिराईलाई केलाइएको छ।

पुस्तकले सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई पनि उतारेको छ। पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ। पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने जनाइएको छ।

असोज ५ गतेबाट बजारमा पाइने पुस्तक भदौ २९ गतेदेखि अनलाइन बुकिङ गर्न सकिने छ। दराज, इसेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत् अनलाइन बुकिङ हुनेछ। पुस्तकको काठमाडौँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरी हुनेछ। देशभरका पुस्तक पसल तथा उपत्यकाबाहिर समीक्षा पब्लिकेसनले वितरण गर्नेछ।

प्रकाशित: २९ भदौ २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =