पुस्तक ‘ज्योतिः शतकम्’ विमोचन

हिमाल प्रेस २२ भदौ २०८० १८:३५
8
SHARES
पुस्तक ‘ज्योतिः शतकम्’ विमोचन

पोखरा- ज्योतिर्विद् एवं कवि पिताम्बर पौड्यालको ‘ज्योतिःशतकम्’ पुस्तक विमोचन गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघको २७औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ र प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

पोखरा महानगरपालिका-३३, शिववस्ती निवासी पौड्यालको पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ। विभिन्न पाँच पल्लवमा विभाजित पुस्तक छन्दोबद्धः संस्कृत तथा नेपाली रचनामा ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लिखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल भाषामा लेखिएको छ।

७६ पृष्ठको पुस्तकको प्रथम पल्लवमा नक्षत्र एवम् राशिबारे उल्लेख गर्दै पञ्चांग र ज्योतिषबारे विश्लेषण गरिएको छ। दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण छ।

चौथो पल्लवमा संक्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युबारे चर्चा छ। पाँचौँ पल्लवमा संक्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ।

पौड्यालका ज्योतिषसम्बन्धी विभिन्न लेखरचना (२०७२), फलित पञ्चामृतम् पहिलो संस्करण (२०७३), दोस्रो संस्करण (२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भइसकेका छन्। रासस

प्रकाशित: २२ भदौ २०८० १८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =