फिल्म ‘जय हो’मा त्रिकोणात्मक प्रेमकथा

हिमाल प्रेस २२ साउन २०८० १६:४४
4
SHARES
फिल्म ‘जय हो’मा त्रिकोणात्मक प्रेमकथा

काठमाडौँ- फिल्म ‘जय हो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दुई मिनेट ४६ सेकेन्डको ट्रेलरमा कलाकार केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ।

उनीहरूसहित फिल्ममा निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायत कलाकारको अभिनय छ। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म आगामी भदौ ८ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जानकारी दिएकाे छ।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्मका निर्देशक टेक पौरखी राई हुन्। फिल्म सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफीमा बनेको छ।

शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेकाे फिल्ममा फिल्ममा राज के अधिकारी र सुरज सरकारले लगानी गरेका छन्। फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको  हाे।

प्रकाशित: २२ साउन २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =