यस्तो छ फिल्म ‘जय हो’को गीत

हिमाल प्रेस १ साउन २०८० १६:४३
2
SHARE
यस्तो छ फिल्म ‘जय हो’को गीत

काठमाडौँ- आगामी भदौ ८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जय हो’को गीत सार्वजनिक गरिएको छ।

निर्माण टिमले आज (सोमबार) ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरेका हुन्।

सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शम्भुजित बाँस्कोटाको शब्द र संगीत छ। गीतमा दीक्षित पौडेलले संगीत संयोजन गरेका छन्।

पर्यटकीय स्थल जोमसोम समेटिएको प्रेमिल गीतको भिडियोमा फिल्मका कलाकार सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, निशा अधिकारी र माओत्से गुरुङलाई देख्न सकिन्छ। भिडियो कविराज गहतराजको कोरियोग्राफीमा बनेको छ।

टेक पौरखी राईले निर्देशन गरेको फिल्म कमेडी, एक्सन र लभस्टोरी जनरामा बनेको छ। फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन्।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्म सौरभ लामाको छायांकन र बनिश शाहले सम्पादन गरेका छन्।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण गरिएको फिल्म राज के अधिकारी र सुरज सरकारको लगानी छ।

 

प्रकाशित: १ साउन २०८० १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =