सहरमा आज : रंगमञ्च शून्य, बलिउड फिल्मसँग भिड्दै ‘महानगर’ र ‘जय हो’

सुस्मिता बजगाईं ९ भदौ २०८० ६:१६
28
SHARES
सहरमा आज : रंगमञ्च शून्य,  बलिउड फिल्मसँग भिड्दै ‘महानगर’ र ‘जय हो’

काठमाडौँ- राजधानीका थिएटरमा यो साता नाटकहरू मञ्चन भएनन्। विगत केही महिना थिएटरमा नाटक हेर्ने दर्शकको घुइँचो लाग्थ्यो। भदौ लागेपछि भने नाटक मञ्चन हुन छाडेको छ। सप्ताहन्तमा रंगमञ्चमा जमघट हुन नसके पनि सुविधा सम्पन्न हलमा नेपाली र हिन्दी फिल्म चलिरहेका छन्। त्यस्तै पुस्तक विमोचन, आर्ट फेस्टिबल पनि तपाईँका लागि उपयुक्त गन्तव्य हुन सक्छ।

‘को हो त्यो मान्छे ?’

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा ‘को हो त्यो मान्छे?’ नामक कवितासङ्ग्रह विमोचन हुँदैछ। कृतिका लेखक एलबी क्षेत्री हुन्। कार्यक्रम दिउँसो २ बजे हुनेछ। कवितासंग्रह विमोचनमा वक्ताहरु कवि एलबी क्षेत्रीसहित  भुवन ढुंगाना, कवि तथा समालोचक महेश पौड्याल र नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति भूपाल राई छन्।

‘संवेदनाको समायोग’

समालोचक एवम् निबन्धकार ज्ञानु अधिकारीको ‘संवेदनाको समायोग’ निबन्धसङ्ग्रहमाथि अन्तरसंवाद कार्यक्रम हुँदैछ। मध्याह्न १२ बजे हार्दिक होटल बागबजारमा हुने कार्यक्रममा निबन्ध कृतिमाथि विभिन्न व्यक्तित्वहरूले समीक्षा गर्नेछन्।

यस कृतिमा असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावको अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइलाहरू, सीमाभन्दा पर फैलँदै तथा शब्द र अक्षरहरूमा गरी ७ खण्डमा ३७ निबन्ध समेटिएका छन्। निबन्ध संग्रह शिखा बुक्सले प्रकाशन गरेको हो। अधिकारीको यसअघि सिर्जनात्मक कृति ‘शब्द, मृत्यु र सपनाको हत्या’ प्रकाशित भएको थियो।

हिमालयन आर्ट फेस्टिभल

बबरमहलस्थित नेपाल कला परिषद्मा भदौ ७ गतेदेखि ‘हिमालयन आर्ट फेस्टिभल’ नामक कला प्रदर्शनी भइरहेको छ। इ–आर्टस् नेपालले आयोजना गरेको फेस्टिभल भदौ १३ सम्म चल्नेछ।

करिब ८० नेपाली कलाकारको सिर्जना प्रदर्शनीमा राखिएको छ। आयोजक संस्थाले सन् २०१७ देखि प्रत्येक वर्ष दसैँको पूर्वसन्ध्यामा महोत्सव गर्दै आएको छ।
हलमा कुनकुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘जय हो’, ‘महानगर (वान नाइट इन काठमाडौँ)’ र ‘जुलेबी’  प्रदर्शन भइरहेको छ। हलिउडमा ‘ग्रान टुरिस्मो’ र बलिउडमा ‘ड्रिम गर्ल २’ ‘गदर २’, ‘ओएमजी २’, ‘जेलर’ र ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शन भइरहेका छन्।

महानगर (वान नाइट इन काठमाडौँ)

भदौ ८ गतेदेखि फिल्म ‘महानगर वान नाइट इन काठमाडौँ’ प्रदर्शन भइरहेको छ। मोहन राईको लेखन तथा निर्देशन रहेको फिल्म ड्रामा जनरामा बनेको छ। ‘महानगर’ एक रातले दुई पात्रको जीवनमा ल्याएको उतारचढावको कथामा आधारित छ। फिल्ममा मेनुका प्रधान, कार्म शाह मुख्य भूमिकामा छन्। नरेन्द्र मैनालीले छायांकन गरेको फिल्म परीक्षित झाले सम्पादन गरेका छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर र भाटभटेनी भक्तपुरमा र सीडीसी सिनेमाज, बिग मुभिज, बीएसआर मुभिज, अष्टनारायण हल र विश्वज्योतिमा फिल्मको सो छ।

जय हो

फिल्म ‘जय हो’ भदौ ७ गतेदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा कलाकार केकी अधिकारी, सलोन बस्नेत र अर्पण थापाको त्रिकोणात्मक प्रेम कथामा आधारित छ।फिल्ममा अन्य कलाकार निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको अभिनय छ।

फिल्मका निर्देशक टेक पौरशी राई हुन्। शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म सुरेश न्यौपानेको कथा छ। राज के अधिकारी र सुरज सरकारले लगानी गरेको फिल्म सौरभ लामाको छायांकन, बनिष शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीतमा बनेको छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल र लबिम मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स र विश्वज्योति हल फिल्म ‘जय हो’ चलिरहेका अन्य हल हुन्।

जुलेबी

भदौ १ गतेदेखि फिल्म ‘जुलेबी’ प्रदर्शन भइरहेको छ। यौनमनोविज्ञानमा आधारित फिल्मको कथावस्तु रत्नपार्क वरिपरि घुमेको छ। फिल्म एथोलजी विधा बनेको फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदीलगायतको अभिनय छ।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ। फिल्म आभा शर्माले निर्माण गरेकी हुन्।
आज उपत्यकामा विश्वज्योति हलमा फिल्मको सो छ।

ड्रिम गर्ल २

बलिउड फिल्म ‘ड्रिम गर्ल२’ नेपालमा प्रदर्शन भइरहेको छ। भदौ ८ गतेदेखि प्रदर्शन भएको फिल्म कमेडी ड्रामा र रोमान्स जनरामा बनेको छ। राज शान्डिल्य निर्देशित फिल्म परेश रावल, आयुष्मान खुराना, अनन्या पाण्डेलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, क्यूएस सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स र विश्वज्योति हलमा फिल्म प्रदर्शन भइरहेको छ।

ग्रान टुरिस्मो

हलिउड फिल्म ‘ग्रान टुरिस्मो’ नेपालमा भदौ ८ गतेदेखि प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक नील ब्लोमक्याम्प हुन्। फिल्ममा डेबिड हाबेर, ओलोन्डो ब्लुम, ड्यारेन बार्नेट, इमेलिया आर्टफोर्टलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल र विश्वज्योति हलमा फिल्म प्रदर्शनरत छ।

गदर २

बलिउड ‘फिल्म ‘गदर २’ साउन २६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता सन्नी देओल र अभिनेत्री अमिषा पटेल मुख्य भूमिकामा छन्। अनिल शर्मा निर्देशित फिल्ममा भारतीय र पाकिस्तान सेनाबीचको विवाद देखाइएको छ। ड्रामा जनरामा बनेको फिल्ममा मनिष वाधवा, गौरव चोपडा, लव सिन्हालगायत कलाकार छन्। सन् २००१ मा आएको फिल्म ‘गदरः एक प्रेम कथा’ को दोस्रो भाग हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ। आईएनआई सिनेमा अन्तर्गत उपत्यकाको लोत्से मल, क्यूएस सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, एफक्युब सिनेमाज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेको छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, विश्वज्योति हल,   बलिउड ‘फिल्म ‘गदर २’ चलिरहेका अन्य हल हुन्।

ओएमजी २

बलिउड फिल्म ‘ओएमजी २’ नेपालमा साउन २६ गतेदेखि प्रदर्शन भइरहेको छ। भगवान शिवको दूत बनेका अभिनेता अक्षय कुमारसहित फिल्ममा यामी गौतम, पंकज त्रिपाठी, अरुन गोविललगायत कलाकारको अभिनय छ।

‘ओएमजी २’ सन २०१२ मा प्रदर्शन भएको ‘ओ माई गड’को दोस्रो भाग हो। पहिलो भागमा अक्षयले भगवान कृष्णको भूमिकामा थिए। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, एफक्युब सिनेमाज, क्यूएस सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, बिग मुभिज, सीके सिनेमाज, बीएसआर मुभिजमा बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेको छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र विश्वज्योति हल बलिउड फिल्म ‘ओएमजी २’ चलिरहेका अन्य हल हुन्।

जेलर

दक्षिण भारतीय फिल्म ‘जेलर’ नेपालमा साउन २५ गतेदेखि प्रदर्शनरत छ। नेल्सन दिलीपकुमार निर्देशित फिल्म रजनी कान्त, मोहनलाल, ज्याकी स्राफ, तमन्ना भाटिया, शिवा राजकुमार, राम्य कृष्णलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुरमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत उपत्यकाको लोत्से मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, बिग मुभिजमा दक्षिण भारतीय फिल्म ‘जेलर’ चलिरहेको छ।

रक्की और रानीकी प्रेम कहानी

बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ नेपालमा प्रदर्शन भइरहेको छ। साउन १२ गतेदेखि प्रदर्शन जारी फिल्म कमेडी, ड्रामा जनरमा बनेको छ। किरण जोहरले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, रणवीर सिंह, आलिया भट्टलगायत कलाकारले अभिनय गरेका छन्।

आज क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मल, एफक्युब सिनेमाज, फिलमको सो छ। एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’ प्रदर्शनरत छ।

प्रकाशित: ९ भदौ २०८० ६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =