‘जय हो’को ‘राजा रानी’ गीतमा सलोन र केकी

हिमाल प्रेस १२ साउन २०८० १३:५८
6
SHARES
‘जय हो’को ‘राजा रानी’ गीतमा सलोन र केकी

काठमाडौँ- फिल्म ‘जय हो’को ‘राजा रानी’ गीत सार्वजनिक भएको छ। भदौ ८ मा प्रदर्शन हुने फिल्मको यस गीतमा सागर आलेमगर र सदीक्षा कट्टेलको स्वर रहेको छ। गीतमा शब्द र संगीत गायक आलेमगरकै हो।

भिडियोमा फिल्मका कलाकार सलोन बस्नेत र केकी अधिकारीलाई देख्न सकिन्छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

फिल्ममा सलोन र केकीबाहेक अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठलगायत कलाकारको अभिनय छ। टेक पौरखी राई निर्देशक रहेको फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेत हुन्।

 

प्रकाशित: १२ साउन २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + thirteen =