‘बोक्सीको घर’को ट्रेलरमा केकीकाे रूप

हिमाल प्रेस २६ चैत २०८० १३:४९
4
SHARES
‘बोक्सीको घर’को ट्रेलरमा केकीकाे रूप

काठमाडौँ- फिल्म ‘बोक्सीको घर’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ३० सेकेन्डको ट्रेलरमा बोक्सीको आरोप लगाएको एक महिलाको वरिपरि घुमेको छ।

फिल्ममा केकी अधिकारी मुख्य भूमिकामा छिन्। फिल्ममा पीपलको बोटलाई बिम्ब बनाइएको छ। आगामी बैशाख १४ मा प्रदर्शन हुने फिल्म सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको छ। फिल्ममा उनी स्वयं केकीको पतिको भूमिकामा छन्।

सामाजिक तथा थ्रिलर जनरामा बनेको फिल्मले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरिएको छ। केकी अधिकारी फिल्मस्को प्रस्तुति रहेको फिल्ममा सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी हुन्। कार्यकारी निर्मातामा राज घिमिरे छन्।

 

यस्तो छ ट्रेलर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =