यस्तो छ ‘जय हो’को टिजर

हिमाल प्रेस ११ असार २०८० १२:३९
6
SHARES
यस्तो छ ‘जय हो’को टिजर

काठमाडौँ– आगामी भदौ ८ गते प्रदर्शन हुने फिल्म ‘जय हो’ को टिजर सार्वजनिक गरिएको छ।

सार्वजनिक टिजरमा फिल्मका प्रायः कलाकार देखिएका छन्। फिल्ममा कलाकार केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, माओत्से गुरूङ, अर्पण थापालगायतको अभिनय छ।

मित्रता र प्रेममा आधारित फिल्मका निर्देशक टेक पौरखी राई हुन्। सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।

फिल्मको प्रस्तुतकर्ता शोभित बस्नेत हुन्। राज के भण्डारी र सुरज सरकारको लागानीमा बनेको फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ११ असार २०८० १२:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 3 =