‘जय हो’को छायांकन सकियो, भदौ ८ मा प्रदर्शन हुने

हिमाल प्रेस ३ वैशाख २०८० १२:१०
6
SHARES
‘जय हो’को छायांकन सकियो, भदौ ८ मा प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘जय हो’ को छायांकन सकिएको छ। फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पूर्ण छायांकन सकिएको बताएका हुन्।

फिल्म आगामी भदौ ८ गते प्रदर्शन हुने बस्नेतले जानकारी दिएका छन्। टेक पौरखी राईको निर्देशन गरेको फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङलगायतको अभिनय छ।

कमेडी, एक्सन र लभस्टोरी जनरामा बनेको फिल्म सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको हो।

सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ।

प्रकाशित: ३ वैशाख २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =