निर्माण व्यवसायीकाे रकम भुक्तानी गर्न कठिन छ : अर्थमन्त्री

हिमाल प्रेस २० साउन २०८० २०:५२
26
SHARES
निर्माण व्यवसायीकाे रकम भुक्तानी गर्न कठिन छ : अर्थमन्त्री

काठमाडाैँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा अझै केही समस्या रहेका बताएका छन्। काठमाडाैँमा शनिबार नेपाल अडिटर्स एशाेसिएशन (अडान)ले आयोजना गरेकाे कार्यक्रममा उनले विगतमा अर्थतन्त्रमा केही समस्या रहेका र अझै पनि केही समस्या रहेका बताएका हुन्।

‘अर्थतन्त्रमा केही समस्या थियो। अझै पनि केही समस्या छन्। यद्यपि  ती सबै समस्या मौद्रिक नीतिका कारण भने होइन। मौद्रिक नीतिमा अलि खुकुलोपन र सहजता हामीले खोजेका थियौँ,’ उनले भने, ‘त्यो किसिमको कुरा हामीले गरेका पनि थियौँ। केही सम्बोधन भएको पनि छ। उद्याेग व्यवसायी साथीहरूले भनेकाे जस्ताे अवस्था भएकाे पनि छैन। पुँजीगत खर्च र बजेट हामीले धेरै राख्न सकेनौँ। तर त्यसलाई हामीले सम्पूर्ण रूपमा खर्च गर्न सक्यौ भने त्यसले पनि अर्थतन्त्रमा तरलता बढाउँछ।’

उनले बजेट अभावका कारण निर्माण व्यवसायीकाे भुक्तानी गर्न कठिन रहेको पनि बताए। स्रोतको अभावका कारण निर्माण व्यवसायीको माग पूरा गर्न नसकिने उनकाे भनाइ थियाे। विगतमा स्रोत सुनिश्चित नभइ ठेक्का लगाइएकाले अहिले समस्या भएकाे मन्त्री महतकाे भनाइ थियाे। विगतदेखि नै काम गरेकाे रकम नपाएकाे भन्दै पछिल्लाे समय निर्माण व्यवसायी आन्दाेलित छन्।

प्रकाशित: २० साउन २०८० २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =