जनमतको केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस १८ साउन २०८० ९:२३
4
SHARES
जनमतको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक आज बस्ने भएको छ। बुद्धनगरस्थित एक पाटी प्यालेसमा बैठक बस्न लागेको हो।

केन्द्रीय समिति विस्तार गरेपछिको यो पहिलो बैठक हो । यो बैठकमा नयाँ केन्द्रीय सदस्यहरूको शपथग्रहण हुनुको साथै परिचय गराउने काम समेत हुने पार्टी स्रोतको दाबी छ। मिसन ८४ अन्तर्गत पार्टीका अध्यक्ष सिके राउतबाट प्रशिक्षण दिने कार्य समेत हुने एक नेताले बताए।

मिसन ८४ सफल बनाउनका लागि नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने, पार्टीलाई संगठित तथा व्यवस्थित कसरी बनाउने जस्ता विषयमा छलफल पनि हुने बताइएको छ।

 

प्रकाशित: १८ साउन २०८० ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =