‘ज्वाइँ’ लाई फेरि मन्त्री बनाउन प्रचण्डको दबाब, कोशीमा रोकियो शपथ

हिमाल प्रेस १७ साउन २०८० ११:४३
16
SHARES
‘ज्वाइँ’ लाई फेरि मन्त्री बनाउन प्रचण्डको दबाब, कोशीमा रोकियो शपथ मन्त्री पदको शपथ लिन प्रदेश प्रमुखको कार्यालय परिसरमा तयार पारिएको कार्यक्रम स्थलमा पुगेका एकीकृत समाजवादीका सांसद कमल जबेगू। शपथ ग्रहण कार्यक्रम सरेको थाहा पाएपछि उनी त्यहाँबाट फर्किएका छन्।

काठमाडौँ- प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दबाबमा कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ कार्यक्रम रोकिएको छ।

मुख्यमन्त्रीमा मंगलबार नियुक्त थापाले बुधबार बिहान ११ बजे शपथ लिने कार्यक्रम थियो। त्यसका लागि नवनियुक्त मन्त्री,  प्रदेश सरकारका उच्च अधिकारीहरू, दलका नेताहरू कार्यक्रम स्थल मुख्यमन्त्रीको कार्यालय पुग्न थालिसकेका थिए। तर अन्तिम समयमा आएर शपथ कार्यक्रम साँझ ५ बजेका लागि सारिएको जानकारी पाएपछि उनीहरू त्यहाँबाट फर्किएका छन्।

प्रचण्डले दबाब दिनुको प्रमुख कारण हो जीवन आचार्यलाई सुरुमै मन्त्रिपरिषद् सदस्यको शपथ गराउनुपर्ने।  माओवादीबाट मन्त्रीका आकांक्षी बढेका छन्।

मुख्यमन्त्री थापा पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारीमा थिए। त्यसका लागि माओवादीबाट निवर्तमान सभामुख बाबुराम आचार्यलाई मन्त्री बनाउन लागिएको छ। यस्तै जनता समाजवादी पार्टी(जसपा) बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट १/१ जना मन्त्री मन्त्री बनाउने सहमति दलहरूबीच भएको थियो।

माओवादी भने संसदीय दलले गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा शपथग्रहण गराउने निर्णय गरे पनि माओवादी नेता जीवन आचार्यले असन्तुष्टि जनाएका थिए। उनले आफू पहिलो चरणमै मन्त्रीमा समेटिनुपर्ने भन्दै विवाद गरेपछि माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोको अनुरोधमा शपथ कार्यक्रम सारिएको माओवादीका एक नेताले जानकारी दिए।

आचार्य प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ हुन्। अघिल्लोपटक पनि उनी माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दबाबमा मन्त्री बनेका थिए। यसपटक पनि उनलाई मन्त्री बनाउनुपर्ने दबाब बढेको मुख्यमन्त्री थापा निकट एक नेताले बताए।

आचार्य यसअघि पनि दुईपटक मन्त्री बनेका छन्। कांग्रेसबाट अघिल्लो सरकारका बिना विभागीयमन्त्री बनेका प्रदीपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादी कमलप्रसाद जबेगू मन्त्री बन्नेछन्।

प्रकाशित: १७ साउन २०८० ११:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + one =