कोशीमा कांग्रेसका थापाले गरे मुख्यमन्त्रीमा दाबी पेस

हिमाल प्रेस १६ साउन २०८० १७:०४
18
SHARES
कोशीमा कांग्रेसका थापाले गरे मुख्यमन्त्रीमा दाबी पेस

इटहरी- कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाले मंगलबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेस गरेका हुन्।

उनले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन्। गठबन्धन दलले माओवादीबाट सांसद भएका सभामुख बाबुराम गौतमालाई सभामुख पदबाट राजीनामा गराएर बहुमत जुटाएका हुन्।

सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ।  गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ जनाले थापाले समर्थन गरेका छन्।

एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन्।

प्रकाशित: १६ साउन २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =